२०८३ कार्तिक १५ गते, शनिबार ०२:१४

मनोज ग्यास कम्पनी र बिक्रेता विनय लालमाथि कालोबजारीको आरोपमा निवेदन दर्ता

पर्सा-

मनोज ग्यास कम्पनी र बिक्रेता विनय लालमाथि तौल कम भएको ग्यास सिलिन्डर वितरण गरेको आरोपमा पीडित उपभोक्ता सनोज साह र उनका दाजु सरोज साहले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिमा उजुरी दर्ता गराएका छन्। फागुन १६ गते दर्ता गरिएको उजुरीमा कालोबजारी र उपभोक्ता ऐनअनुसार छानबिन गरी कारबाहीको माग गरिएको छ।

कार्यालय प्रमुख सुनिल चौरसियाले यो विषयमा गम्भीरतापूर्वक छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले तौल कम भएको सिलिन्डर कसैलाई हस्तान्तरण वा छेडछाड नगर्न निर्देशन दिए। तर, सोही दिन मनोज ग्यास कम्पनीका अरुण दासले जिल्ला प्रशासन कार्यालय, पर्सामा छलफलका लागि निवेदन दर्ता गराए।

जिल्ला प्रशासन कार्यालय, पर्साका उजुरी फाँट प्रमुख गौरीशंकर साह कानुले कम्पनीको निवेदनका आधारमा पीडित उपभोक्ता, डिलर र कम्पनीबीच तौल कम भएको समस्याबारे छलफल गर्न बोलाएको बताए। बैठकमा ग्यास बिक्रेता सङ्घ पर्साका अध्यक्ष वीरेन्द्र साह, गणेशमान श्रेष्ठ, इन्द्रजित यादव, विनय लाललगायत उपस्थित थिए। पीडित सनोज साहका साथमा राजनीतिक कार्यकर्ता जलेश्वर सरार्फ र उनका दाजु सरोज साह सहभागी थिए।

छलफलमा नेता सरार्फले इतिहासमा पहिलोपटक पीडक कम्पनी र बिक्रेता विनय लालले पीडित उपभोक्तामाथि नै छलफल गराउने देखिएको भन्दै यो नियमसङ्गत नभएको बताए। पीडित सनोज साहले जिल्ला प्रशासन कार्यालय, पर्साबाट मंगवार देखि फोन नम्बर ०५१५२४०६६ मार्फत तीन पटक फोन आएर विवादित सिलिन्डर तुरुन्त ल्याउन भनिएको बताए। उनले एउटा निकायमा कानुनी प्रक्रियाका लागि निवेदन दर्ता भइसकेपछि अर्को निकायले बिनाकुनै रीत सिलिन्डर मगाउनु रहस्यमय भएको बताए।

यता, ग्यास बिक्रेता सङ्घ पर्साका अध्यक्ष वीरेन्द्र साहले मनोज ग्यास कम्पनीले विवादित बिक्रेता विनय साहको डिलर अनुमति रद्द गरेको जानकारी दिए। यस प्रकरणमा थप छानबिन र कानुनी कारबाहीको माग जोडदार रूपमा उठिरहेको छ।

प्रतिक्रिया

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति प्रधानमन्त्री कार्यालयको कडा निर्देशन, पक्राउ परेका पत्रकार रिहा हुँदै

काठमाडौँ सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति प्रधानमन्त्री कार्यालयको कडा निर्देशन, पक्राउ परेका पत्रकार रिहा हुँदै

काठमाडौँ सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको

पोडकास्ट सुन्नुहोस