काठमाडौँ-
माइक्रोसफ्टका संस्थापक अरबपति बिल गेट्सले आफ्नो करिब २०० अर्ब अमेरिकी डलरको सम्पत्ति आगामी २० वर्षभित्र दान गर्ने घोषणा गरेका छन्। साथै, उनले सन् २०४५ डिसेम्बर ३१ मा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन बन्द गर्ने जानकारी दिएका छन्। बिहीवार आफ्नो व्यक्तिगत ब्लग ‘गेट्स नोट्स’ मा यो योजना सार्वजनिक गरेका हुन्।
सन् २००० मा पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग मिलेर स्थापना गरेको फाउन्डेसनलाई मृत्युपछि पनि निरन्तर सञ्चालन गर्ने उनको अघिल्लो योजना थियो। तर, अब उनले आफ्नो बाँकी जीवनकालमै सम्पूर्ण सम्पत्ति समाजसेवामा लगाउने निर्णय गरेका छन्।
Post Views: 24