२०८२ आश्विन २० गते, सोमबार २१:२६

राजेन्द्र लिङदेनको प्रश्तावः प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्था निर्माण गरौँ

sf7df8f}F, !( ebf} . ;+3Lo ;+;bsf] cfOtaf/ a;]sf] a}7sdf ;+f;b kbaf6 /fhLgfdf kq /f]:6daf6 k9]/ ;'gfpFb} /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]Gb| lnªb]n . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ –

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले फजुल खर्चको मुख्य कारण प्रदेश संरचना भएको उल्लेख गर्दै सबैको सहमतिमा प्रदेश खारेज गर्ने प्रश्ताव राख्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले यस्तो प्रश्ताव राख्नुभएको हो । वर्तमान संघीय व्यवस्थाले सबैलाई समेट्न नसकेको टिप्पणी गर्दै उहाँले

नयाँ मौलिक संरचना निर्माण गर्नुपर्ने बताउनु भयो । सबैलाई समेट्न सकिने गरी नयाँ मौलिक संरचना निर्माण गरिए मुलुकमा रहेका असन्तुष्टिको समेत सम्बोधन हुने उहाँको भनाइ छ ।

अध्यक्ष लिङदेनले संविधान र गणतन्त्रात्मक व्यवस्थाको विरोधमा राजनीति गर्न नपाउने सरकारको नीतिको विरोध गर्नुभयो ।

पोडकास्ट सुन्नुहोस