२०८२ पुष २३ गते, बुधबार २०:०२

वीरगन्जको सेसमी इन्टरनेशनल बोर्डिङ स्कूलद्वारा ‘ड्रिङ्क अप डे’ कार्यक्रम सम्पन्न

वीरगन्ज-

वीरगन्जमा बढ्दो गर्मीका कारण प्रभावित जनजीवनलाई मध्यनजर गर्दै छपकैयास्थित सेसमी इन्टरनेशनल बोर्डिङ स्कूलले आज आफ्नो विद्यालय भवन अगाडि ‘ड्रिङ्क अप डे’ कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीहरूको सहभागितामा सञ्चालित यो कार्यक्रम बिहान ९ बजेदेखि १० बजेसम्म चलेको थियो।

कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका स्वस्थकर पेय पदार्थ तथा शरबत वितरण गरिएको थियो। यसको मुख्य उद्देश्य विद्यार्थीहरूमा स्वच्छता, स्वास्थ्य, आपसी सद्भाव र पानीको महत्त्वप्रति चेतना जगाउनु रहेको विद्यालयले जनाएको छ।

कार्यक्रममा करिब ३०० बटुवाले शरबत ग्रहण गरी गर्मीबाट केही समयका लागि राहत महसुस गरेका थिए। यो पहलले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। विद्यालयका प्रिन्सिपलले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस