काठमाडौँ-
परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावासमा समन्वय गर्न आग्रह गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले समस्यामा परेका विद्यार्थीहरूलाई दूतावाससँग सम्पर्क गर्न अनुरोध गरेको हो।
मन्त्रालयले हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा अन्य नागरिकको सुरक्षा र हित सुनिश्चित गर्न नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको छ। विज्ञप्तिमा सरकारले नेपालीहरूको सुरक्षाप्रति गम्भीर रहेको र आवश्यक कदम चालिरहेको उल्लेख छ।
