२०८२ असार १७ गते, मंगलवार १२:३२

काठमाडौँ- 

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारको नीति तथा कार्यक्रममा युवालाई आशा जगाउने खालको कुनै कार्यक्रम नभएको बताउनुभयको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२र०८३ का लागि सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रमले युवाको थप एक वर्ष खेर जाने स्थिति पैदा गरेको आरोप लगाउनु भयो । उहाँले देशमा सम्भावना नदेखेर विदेश पलायन भएका युवाहरु विदेशमा समेत श्रम शोसन पर्ने गरेको भन्दै नीति तथा कार्यक्रमले विदेशी भुमिका नेपाली युवाको समस्याको समाधानमा कुनै कुरा नबोलेको बताउनु भयो ।

उहाँले महँगी नियन्त्रण लगायतका कयौँ सामाजिक समस्याहरुको समाधान गरी सर्वसाधारणको जीविकोपार्जनलाई सहज बनाउने गरी नीति तथा कार्यक्रममा उल्लेख नभएको उहाँको भनाइ छ । उहाँले भारत र पाकिस्तानबीच देखिएको समस्याले युद्ध निम्तिने खतरा बढेको तर्फ सरकारले सचेत हुनुपर्ने बताउनु भयो । उहाँले सार्क राष्ट्रको विशेष जिम्मेवारी नेपालको रहेकाले भारत र पाकिस्तानबीच शान्ति स्थापनाका लागि नेपालले विशेष कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष पाण्डेले संघीयतालाई कार्यान्वयन गरी बलियो बनाउन संविधानमा भएका एकल तथा साझा सूचिको अधिकारलाई अभ्यास गर्ने कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस