२०८२ असार १७ गते, मंगलवार ००:४०

काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या बढाउन नहुने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अहिले बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने भन्दा आफूलाई बुझ्दै नबुझी गाली गरेको भन्दै अब पनि बाघको संख्या बढाए उसलाई जमिन नपुग्ने उल्लेख गर्नुभयो । उहाँले बाघ तस्बिरमा देख्दा धेरै राम्रो भएपनि उसलाई जीवनयापन गर्नका लागि आफ्नो क्षेत्र चाहिने उल्लेख गर्नुभयो ।

तस्बिरमा बाघ हेरेर कुरा नगर्न पनि आग्रह गर्नुभयो । उहाँले बाघ क्षेत्रपति जात भएकाले बाघले आफ्नो सीमाना लगाउने र सीमाना नपुगे बाघहरुबीच लडाईं हुने बताउनु भयो । उहाँले बाघलाई खाना नपुगेपछि खानाको खोजिमा बाहिर निस्किने र त्यो बेलामा मान्छे खानु हुँदैन भनेर ज्ञान बोकेर नहिँड्ने कटाक्ष गर्नुभयो । उहाँले बाघले कानूनको किताव पढेको नहुने भन्दै बाघलाई मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद परिन्छ भन्ने ज्ञान नहुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले बाघ खेलाँची गर्ने जनावर नभएको बताउनु भयो । उहाँले प्रकृति संरक्षण लागि बाघको संरक्षण अनिवार्य रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस