२०८२ भाद्र ६ गते, शुक्रबार ०२:०७

वीरगन्ज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले वीरगन्जको बि.आई.टि कैलेज मा आयोजित एक भव्य पार्टी प्रवेश कार्यक्रममा २५० भन्दा बढी नयाँ सदस्यहरूलाई स्वागत गरेको छ। विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरूमा पर्सा जिल्लाका विभिन्न वडाहरूबाट प्रतिनिधित्व गर्ने नेताहरू र कार्यकर्ताहरू समावेश छन्।

कार्यक्रममा पर्सा गढी नगरपालिका वडा नं. २, ३, ४, ७ र वीरगन्ज  महानगरपालिका वडा नं. ११, १२, १३, १४, १५, १६, १७, ३१, ३२ का नेताहरू तथा कार्यकर्ताहरूले राप्रपाको सदस्यता लिएका छन्। यो प्रवेशले राप्रपा पर्साको संगठन विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रमको अध्यक्षता राप्रपा पर्सा अध्यक्ष सुमेश्वर उपाध्यायले गरेका थिए भने प्रमुख अतिथिको रूपमा प्रदेश अध्यक्ष भरत गिरी उपस्थित थिए। विशिष्ट अतिथिहरूमा पार्टीका केन्द्रीय सदस्य नन्दु श्रीवास्तव, केन्द्रीय सदस्य अङ्गद ठाकुर, प्रदेश सदस्य जटाशङ्कर गुप्ता, संगठन प्रमुख चन्दन मिश्र लगायतका नेताहरूको सहभागिता थियो।

कार्यक्रममा नवप्रवेशीहरूलाई स्वागत गर्दै प्रमुख अतिथि भरत गिरीले राप्रपाको सिद्धान्त, राष्ट्रियता, लोकतन्त्र, र सनातन हिन्दु राष्ट्रको पुनर्स्थापनाको एजेन्डाप्रति प्रतिबद्ध रहन आह्वान गरे। उनले भने, “राप्रपाले नेपालको समृद्धि र सांस्कृतिक पहिचानको संरक्षणका लागि वैकल्पिक मार्गचित्र प्रस्तुत गरेको छ। यहाँहरूको प्रवेशले हाम्रो अभियान थप बलियो हुनेछ।”

अध्यक्ष सुमेश्वर उपाध्यायले नवप्रवेशीहरूलाई पार्टीको झण्डा र माला लगाएर स्वागत गर्दै पर्सा जिल्लामा राप्रपाको संगठन विस्तार र जनाधार बढाउन यो कार्यक्रम कोशेढुङ्गा सावित हुने बताए। उनले भने, “हामीले स्थानीय स्तरमा जनताको विश्वास जित्दैछौं। यो प्रवेश कार्यक्रमले हाम्रो संगठनलाई थप गतिशील बनाउनेछ।”

केन्द्रीय सदस्य नन्दु श्रीवास्तव र अङ्गद ठाकुरले पनि नवप्रवेशीहरूलाई बधाई दिँदै पार्टीको नीति र कार्यक्रमलाई गाउँ-गाउँसम्म पुर्‍याउन आग्रह गरे। संगठन प्रमुख चन्दन मिश्रले राप्रपाको आगामी रणनीति र संगठन सुदृढीकरणको योजनाबारे जानकारी गराए।

कार्यक्रममा उपस्थित अन्य नेताहरूले पनि नवप्रवेशीहरूलाई शुभकामना व्यक्त गर्दै राप्रपाको नेतृत्वमा नेपालको समृद्ध भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरे। यो कार्यक्रमले पर्सा जिल्लामा राप्रपाको प्रभाव र जनाधार वृद्धि भएको संकेत गरेको छ।

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस