जनकपुर-
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाको समानता विकासको आधार भएको बताउनुभएको छ ।
जनकपुरमा समाजवादी महिला संघ, नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उन्नति र समृद्धिको आधार महिलाको समान अधिकार भएको उल्लेख गर्नुभयो । उहाँले आज पनि महिलाहरुमाथि धेरै खालका विभेदहरु हुने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले महिलामाथि हुने विभेदमा एउटा लैङ्गिक असमानता रहेको बताउनु भयो । नेपालमा तुलनात्मक रुपमा सबैभन्दा बढी महिला हिंसा मिथिला भूमिमै हुने गरेको बताउनु भयो ।

अध्यक्ष यादवले शिक्षामा सबैभन्दा बढी महिला पछि परेको स्थान मधेस प्रदेश नै रहेको बताउनु भयो ।