काठमाडौं –
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारको नीति तथा कार्यक्रममा विकासलाई भन्दा गणतन्त्र रक्षालाई प्राथमिकता दिएको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले कार्यक्रमबारे पक्ष र विपक्षी सांसदले धेरै कुरा भनिसकेको भन्दै सरकारले विकास निर्माण र योजनाहरु जसले मुलुकलाई लाभ दिनसक्छ त्यसतर्फ भन्दा व्यवस्था रक्षाका लागि ठूलो धनराशी खर्च गर्न लागेको महशुस भएको बताउनु भयो । सांसद सिंहले प्रतिवाद गर्नुपर्ने कुराहरु रक्षात्मक तरिकाले आउँदा दुःख लागेको बताउँदै नीति तथा कार्यक्रम बनाउँदा सुरक्षा निकायमा जाने युवा र खेलाडीलाई जीवन यापनका लागि वेतन र सुविधाले बजेटमा स्थान पाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विदेशमा श्रम गर्न जाने श्रमिक रोक्नका लागि बन्द भएका कलकारखाना सञ्चालनमा ल्याउनु वर्तमानको आवश्यकता भएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।