काठमाडौं –
राष्ट्रिय सभामा नेकपा (एमाले) सांसद सोनाम गेल्जेन शेर्पाले सरकारको नीति तथा कार्यक्रमले आर्थिक वृद्धिका विषयमा सकारात्मक दिशा निर्देश गरेको बताउनुभएको छ ।
आईतवार राष्ट्रिय सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक वृद्धिबिना समग्र राष्ट्रको विकास नहुने भएकाले सरकारले दूरदर्शी भएर नीति तथा कार्यक्रममार्फत आर्थिक वृद्धिका विषयमा सम्बोधन गरेको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम बजेटको संक्षेपिकृत रुप मात्र भएकाले यसमा धेरै कुरा नसमेटिने बताउनु भयो । बजेट विनियोजनका विषयमा हरेक सांसदहरुको अलग अलग विचार र धारणा हुने भन्दै सही र गलत भन्दा पनि राष्ट्रिय सन्तुलन र हितमा ल्याइने बताउनु भयो ।

उहाँले सांसदहरुले धेरै बजेट विनियोजन हुँदा सही र कम विनियोजन हुँदा गलत भन्ने गरेको अरोप लगाउनु भयो । राष्ट्रको ढुकुटी हरेरे बजेट निर्माण गर्नुपर्ने भएकाले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै पूरा गर्न नसकिने बताउनु भयो । नीति तथा कार्यक्रममा संविधानको रक्षा र व्यवस्थाको सुदृढिकरणका लागि नीत तथा कार्यक्रममार्फत केही राजनीतिक विषयहरु पनि समेटिएको उहाँको भनाइ छ ।
राष्ट्रिय सभा सदस्य शेर्पाले विगतका नराम्रा कुरा हटाउँदै राम्रा कुराहरुलाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रम आउनु सकारात्मक पक्ष भएको बताउनु भयो ।