२०८२ असार १७ गते, मंगलवार ००:२०

काठमाडौं-

नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा स्थान पक्का गरेको छ । थाइल्यान्डमा जारी एसिया छनोटअन्तर्गत शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेट रनरेटका आधारमा नेपालले सुपर-३ मा प्रवेश गरेको हो ।

नेपालले ४ खेलमा २ जित, १ हार र १ रद्द खेलसहित ५ अंक जोडेको थियो । हङकङले पनि समान ५ अंक प्राप्त गरे पनि नेट रनरेटमा नेपाल अगाडि रहँदै सुपर-३ मा स्थान बनायो । शुक्रबार वर्षाका कारण हङकङ र बहराइनबीचको खेल टससमेत नभई रद्द भएको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस