२०८२ असार १६ गते, सोमबार २३:४९

काठमाडौं-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको व्यवस्था बलियो बनाउन माओवादी केन्द्र बलियो हुनुपर्ने बताएका छन् । शुक्रबार मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको शुभारम्भ गर्दै उनले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि माओवादीले जित्नुपर्नेमा जोड दिए ।

“साँच्चै भ्रष्टाचारको अन्त्य गर्न, जनताको हकअधिकार सुनिश्चित गर्न माओवादी केन्द्र बलियो हुन जरुरी छ । जसले यो व्यवस्था ल्यायो, त्यो बलियो हुनुपर्छ,” उनले भने, “०६४ जस्तै माओवादीको हात बलियो बनाउन सकियो भने सुशासन र आर्थिक-सामाजिक क्षेत्र बलियो हुनेछ ।”

प्रचण्डले आफू नेतृत्वको सरकारले राम्रा काम गरिरहँदा बिचौलिया र दलालहरूले कांग्रेस-एमालेसहितको गठबन्धन बनाएर सरकारबाट बाहिर धकेलेको आरोप लगाए । “बिचौलिया र दलालहरूले हामीलाई सरकारबाट बाहिर आउन बाध्य पारे । तर पनि हामीले खबरदारी गरिरहेका छौँ । सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,” उनले भने, “ठूलो चुनौतीका साथ सरकारलाई खबरदारी गरिरहेका छौँ । पछिल्लो सरकारको कामबाट जनतामा आशा पलाएको थियो, तर अहिलेको गठबन्धन सरकार त्यसविरुद्ध बन्यो ।”

उनले भूमि अध्यादेश र गभर्नर नियुक्तिमा चलखेल भइरहेको भन्दै सरकार गलत दिशातिर गएको बताए । “धेरै भ्रष्टाचारका काम अघि बढाउँदैछन् । गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो, तर त्यसमा अनेक प्रपञ्च भइरहेका छन्,” उनले भने, “हामी त्यसलाई चुनौती दिँदै हिँडेका छौँ ।”

प्रचण्डले कांग्रेस र एमालेसँग मिल्दा भन्दा एक्लै चुनाव लड्दा उपनिर्वाचनमा माओवादी पहिलो पार्टी बनेको दाबी गरे । उनले अब एक्लै चुनाव लड्न सक्ने गरी तयारी गर्न नेता-कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस