२०८२ असार १७ गते, मंगलवार ००:२१

वीगन्ज –

पर्सा प्रहरीले ठगी मुद्दामा फरार रहेका वीगन्ज महानगरपालिका–१ निवासी जितेन्द्र कुमार कुर्मी (राउत) लाई पक्राउ गरेको छ। छपकैयाकी इन्दु देवीलाई ठगी गरेको आरोपमा जिल्ला अदालत पर्साले उनलाई २ वर्ष कैद र विगो असुल गर्ने आदेश दिएको थियो।

जिल्ला अदालत पर्साले उनलाई २ वर्ष कैद र विगो असुल गर्ने आदेश

त्रिजुद्ध रघुवीर प्रसाद महावीर राम मावि (त्रिजुद्ध मावि) को विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका कुर्मी लुकिछिपी फरार रहेका थिए। जिल्ला अदालत पर्साले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ अनुसार उनलाई २ वर्ष कैद र ठगीमा संलग्न रकम असुल गर्ने आदेश दिएको थियो।

पर्सा प्रहरीले उनलाई छपकैयास्थित सिसोबारीबाट पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक किसोर लम्सालका अनुसार, अदालतको आदेशबमोजिम २ वर्ष कैद र वादीको विगो असुल गर्न कुर्मीलाई पक्राउ गरिएको छ। उनले सिदा खर्चसमेत दाखिला गरिसकेको प्रहरीले जनाएको छ।

पर्सा जिल्ला अदालतको आदेशअनुसार कुर्मीलाई अदालतमा पेस गरिने प्रहरीले बताएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस