२०८२ फाल्गुन ४ गते, सोमबार ११:५६

माओवादी केन्द्रको मध्य पहाडी लोकमार्ग केन्द्रित जनअभियान शुरू, प्रचण्डद्वारा सुशासन र भ्रष्टाचारविरुद्ध जोड

काठमाडौं-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध थप सुदृढ गर्न र स्थानीय संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्न मध्य पहाडी लोकमार्ग केन्द्रित जनअभियान सञ्चालन गरिएको बताएका छन्। यो अभियानले सुशासन प्रवर्द्धन गर्न र आवश्यक परे भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउने उनको भनाइ छ।

सुर्खेतको राकम कर्णालीमा आइतबार आयोजित जनसंवाद कार्यक्रम**मा बोल्दै प्रचण्डले माओवादी केन्द्र नै जनताको पक्षमा सधैं अग्रपङ्क्तिमा रहेको दाबी गरे। उनले भने, “यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार बनाएर सञ्चालन गरिएको छ। हामी गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते र अपांग नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दैछौं।”

उनले स्थानीय समुदायको आवश्यकता र समस्यालाई नजिकबाट बुझ्न यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “मध्य पहाडी लोकमार्ग क्षेत्रका जनताको जीवनस्तर उकास्न र उनीहरूको भावनालाई सम्बोधन गर्न यो अभियान केन्द्रित छ,” प्रचण्डले थपे।

कार्यक्रममा स्थानीय नेताहरूले अभियानले जनतामा नयाँ उत्साह ल्याएको बताए। माओवादी केन्द्रले यो अभियानलाई देशका अन्य भागमा पनि विस्तार गर्ने योजना बनाएको छ।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस