२०८२ असार १७ गते, मंगलवार १७:०७

काठमाडौं –

दक्षिणी भारतीय शहर हैदराबादको एक भवनमा आईतवार भएको भीषण आगलागीमा १७ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् । शहरको प्रतिष्ठित चारमिनार क्षेत्र नजिकै गुलजार हाउसमा रहेको आवासीय भवन भित्र बिहान आगलागी भएको थियो । आगो बिहान ६ बजेतिर लागेको थियो । बिहान सवा ६ बजेसम्ममा अग्निशमन विभाग घटनास्थलमा उपस्थित थियो । उनीहरूले भित्र फसेका मानिसहरूलाई बचाउने प्रयास गरे पनि आगोले सम्पूर्ण भवनलाई नै ध्वस्त पारेको थियो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने देखाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागी घटनामा भएको ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्नुभएको छ । पीडितहरूलाई आर्थिक क्षतिपूर्तिको घोषणा गर्नुभएको छ । भारतीय घरहरूमा आगलागी हुने सम्भावना सामान्यतया उच्च हुन्छ । किनभने मानिसहरूले सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन् र ज्वलनशील पदार्थ जथाभावी भण्डारण गर्छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस