काठमाडौं –
उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
सोमवार ललितपुरमा सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपालमा २२ २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको भन्दै स्वदेशी उत्पादनको बढी प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले स्वदेशी उत्पादनको प्रयोग बढी गर्दा आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न सकिने बताउनु भयो । स्वदेशी उत्पादनको प्रयोग बढाउनसके अर्थतन्त्रलाई पनि सही दिशामा लैजान सकिने र आयातलाई नियन्त्रण गर्न सकिने बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले नेपालको भूबनावट चुनौतिपूर्ण रहेको बताउनु भयो ।