भक्तपुर-
सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित डेरामा बस्दै आएकी जाजरकोट स्थायी घर भएकी रोशनी शाही आइतबार दिउँसो १:५० बजे कोठाभित्रै मृत फेला परेकी छन्। प्रहरीका अनुसार कोठा भित्रैबाट बन्द गरिएको थियो, जसपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले ढोका फोडी हेर्दा शाही घोप्टो परेको अवस्थामा मृत भेटिएकी हुन्। घटनास्थलमा कुनै किसिमको बाह्य चोटपटक नदेखिएको बताइएको छ। मृतकका श्रीमान् चित्रजंग शाही उपत्यका बाहिर रहेका छन् भने छोराछोरी विदेशमा छन्।

घटना रहस्यमय देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।