२०८२ असार १६ गते, सोमबार २३:०२

रक्सौल-

रक्सौल उपमण्डल अन्तर्गत हरपुर प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित आठ जना तस्करलाई पक्राउ गरेको छ। प्रहरीले ९९ किलो गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।हामी भिडियोमा देखिरहेका व्यक्तिहरू रोजगारी खोज्न निस्किएका कामदार होइनन्, यिनीहरू आठ जना लागुऔषध तस्कर हुन्, जसलाई प्रहरीले सीमावर्ती क्षेत्रमा नियन्त्रणमा लिएको हो।

यी तस्करहरू नेपालबाट पिठ्यु बोरा (पिठु झोला) मा गाँजा तस्करी गर्दै भारत प्रवेश गर्ने क्रममा समातिएका हुन्। यस तस्करी प्रकरणको मास्टरमाइन्ड नौशाद मियाँ रहेको प्रहरीले जनाएको छ।डीएसपी अशोक कुमारका अनुसार, गुप्त सूचनाका आधारमा हरपुर थानाबाट विशेष अपरेशन चलाएर ९९ किलो गाँजा र आठ जना तस्करलाई पक्राउ गरिएको हो।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस