♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज-

भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ। अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी ५ वर्षीया छोरी अञ्जनाको मंगलबार अपराह्न खेल्ने क्रममा ट्याङ्कीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए। उनलाई तत्काल उद्धार गरी सोही अस्पतालमा भर्ना गरिए पनि साँझ मृत्यु भएको थियो।
यसैबीच, सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा मंगलबार बिहानदेखि हराएका ६ वर्षीय बालक सुशान्त यादवको शव गएराति फेला परेको छ। दिनेश यादवका छोरा सुशान्त बिहान १० बजेतिर घरबाट बेपत्ता भएका थिए। खोजतलासका क्रममा राति साढे ११ बजे घरबाट करिब आधा किलोमिटर पूर्वतर्फ सडक निर्माणका लागि जेसीबीले खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।