२०८२ पुष ३० गते, बुधबार ००:०२

लुटपाट गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ

जनकपुर-

नेपाल प्रहरीले पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला देवधा–८ का २३ वर्षीय विजय मुखिया रहेको नेपाल प्रहरीले बताएको छ । उनीमाथि यही असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका–१ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर उनको साथमा रहेको रकम लुटपाट गरेको आरोप छ । गोइत बैंकमा पैसा जम्मा गर्न जाँदै गर्दा मुखियाले बाटो छेकेर पेस्तोल देखाई नगद २ लाख १६ हजार, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटेको अनुसन्धानमा खुलेको छ । धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहकाअनुसार मुखिया पेशेवर लुटेरा हुन् । भारतमा पनि उनीमाथि ९–१० वटा मुद्दा दर्ता रहेको जनाइएको छ ।

उनीमाथि जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वीरगन्जमा जातीय विभेद अन्त्यका लागि सामूहिक भोज: हिन्दू सम्राट नेपालको मञ्चमा पत्रकार र अभियन्ताहरूको ऐक्यवद्धता

वीरगन्ज- वीरगन्जको प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल,

वीरगन्जमा जातीय विभेद अन्त्यका लागि सामूहिक भोज: हिन्दू सम्राट नेपालको मञ्चमा पत्रकार र अभियन्ताहरूको ऐक्यवद्धता

वीरगन्ज- वीरगन्जको प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल,

पोडकास्ट सुन्नुहोस