काठमाडौँ –

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकार असफल भएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता लिने निर्णय गरेको हो।
जसपाले एक वर्षअघि कांग्रेस र एमालेको गठबन्धन सरकारलाई समर्थन गरेको थियो, तर सरकारमा सहभागी भएको थिएन। गत असारमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्दै आज संसदीय दलले औपचारिक रूपमा समर्थन फिर्ता लिएको छ।
जसपा नेपालको यो निर्णयपछि राष्ट्रियसभामा सरकार अल्पमतमा परेको छ । प्रतिनिधि सभामा कांग्रेस र एमालेको स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक छ ।