२०८२ असार ३२ गते, बुधबार १९:१०

काठमाडौँ –

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाउनुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मङ्गलबार राष्ट्रियसभा सदस्य न्यौपानेलाई मन्त्री नियुक्त गर्नुभएको थियो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता र कार्यकर्ताहरू उपस्थित थिए।

यसअघि नेकपा (एमाले) बाट राष्ट्रियसभामा सचेतक रहनुभएका न्यौपाने एमालेको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। नवनियुक्त मन्त्री न्यौपानेले आजै सिंहदरबार पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस