२०८२ भाद्र २४ गते, मंगलवार १८:३५

वीरगन्जमा साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज-

पर्सा जिल्लाको सदर मुकाम वीरगन्जमा मंगलबार पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी नै राखेको छ। वीरगन्जको शान्ति–सुरक्षाको अवस्था विग्रँदै गएपछि प्रशासनले बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयानाथ सुवेदीले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) अनुसार कर्फ्यु आदेश जारी गर्दै, वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, बैठक तथा घेराउ गर्न प्रतिबन्ध लगाएका छन्।

प्रशासनले एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारवादी, पर्यटक तथा कूटनीतिक नियोगका सवारी साधनलाई मात्र आवतजावतको अनुमति दिएको छ भने अन्य सबै सवारी साधनलाई निषेधित क्षेत्रमा प्रवेशमा रोक लगाएको छ।

वीरगन्जको घण्टाघर, माइस्थानलगायत स्थानमा युवाहरूले निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन् भने केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो ढुंगा हानाहान भएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस