२०८२ कार्तिक २८ गते, शुक्रबार १४:४४

मधेश प्रदेशसभा: हाजिरी विवरण माग्दै पाँच सांसदको निवेदन

पर्सा-

मधेश प्रदेशसभाका पाँच जना सांसदहरूले आफ्नो आधिकारिक हाजिरी विवरण सार्वजनिक गर्न प्रदेशसभा सचिवालयसँग औपचारिक रूपमा माग गरेका छन्।

सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि उनीहरूले लगातार १० पटक बैठक बेजा गैरहाजिरी गरेको भन्दै हिजो सभामुख मण्डलले पाँचै जनालाई पदमुक्त गरेका थिए। तर आज उपसभामुख बबिता कुमारी राउत इसरले सो निर्णय बदर गर्दै नयाँ सूचना जारी गरेकी छन्।

 विवरण माग्ने सांसदहरु

कारबाहीमा परेर निवेदन दर्ता गर्ने सांसदहरू:

  • मनिष कुमार सुमन (जसपा)

  • सञ्जय कुमार यादव (जसपा)

  • सिंहासन सा कलवार (जसपा)

  • सारदा संकर प्रसाद कलवार (जसपा)

  • उर्मिला देवी सिंह (नागरिक उन्मुक्ति पार्टी)

सांसदहरुको तर्क

सांसदहरूले सचिवालयमा दर्ता गरेको निवेदनमा भनिएको छ:

“सामाजिक सञ्जालमार्फत १० पटक निरन्तर अनुपस्थितिको आधारमा कारबाही भएको जानकारी आज मात्र प्राप्त भएको हुँदा सत्यतथ्य पुष्टि गर्न आधिकारिक हाजिरी र अभिलेख उपलब्ध गराइयोस्।”

उनले कसको आदेश र निर्णयमा पदमुक्त गरिएको हो भन्ने स्पष्ट विवरणसहित निर्णय पत्र तथा सबै सम्बन्धित दस्तावेजको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेका छन्।

पोडकास्ट सुन्नुहोस