२०८२ पुष २४ गते, बिहीबार ०४:४९

चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरुको संख्या बढ्यो

एजेन्सी-

चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगासम्म पालन गर्नेहरुको संख्या बढ्दै गएको छ । विशेषगरी विदेशी घरपालुवा जनावरहरूको बजार पनि बढ्दो क्रममा छ ।

तथ्याङ्क अनुसार चीनमा १ करोड ७० लाखभन्दा बढी मानिसहरूले अहिले परम्परागत बिरालो वा कुकुरहरू बाहेक अन्य जनावरहरू पाल्छन् । जसले गर्दा लगभग १.४ अर्ब अमेरिकी डलर मूल्यको विदेशी घरपालुवा जनावर बजार बढिरहेको हो ।

मध्य चीनको शाङ्किउ शहर जस्ता स्थानहरुमा विदेशी घरपालुवा जनावर प्रजननकर्ताहरू माग पूरा गर्न अग्रसर देखिन्छन् । संरक्षित जनावरहरूको प्रजनन गर्न इजाजतपत्र अनिवार्य गरिएको छ ।

विज्ञहरूका अनुसार घरपालुवा जनावर जेसुकै भएपनि बढ्दो संख्यामा जनावर र चराहरूले मानिसहरूलाई साथ दिइरहेका छन्।

आईआई मिडिया रिसर्चको तथ्याङ्क अनुसार चीनको घरपालुवा जनावर उद्योगको बजार आकार वर्षको अन्त्यसम्ममा ११३ अर्ब अमेरिकी डलर नाघ्ने अपेक्षा गरिएको छ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस