२०८२ फाल्गुन २० गते, बुधबार ०९:३१

चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरुको संख्या बढ्यो

एजेन्सी-

चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगासम्म पालन गर्नेहरुको संख्या बढ्दै गएको छ । विशेषगरी विदेशी घरपालुवा जनावरहरूको बजार पनि बढ्दो क्रममा छ ।

तथ्याङ्क अनुसार चीनमा १ करोड ७० लाखभन्दा बढी मानिसहरूले अहिले परम्परागत बिरालो वा कुकुरहरू बाहेक अन्य जनावरहरू पाल्छन् । जसले गर्दा लगभग १.४ अर्ब अमेरिकी डलर मूल्यको विदेशी घरपालुवा जनावर बजार बढिरहेको हो ।

मध्य चीनको शाङ्किउ शहर जस्ता स्थानहरुमा विदेशी घरपालुवा जनावर प्रजननकर्ताहरू माग पूरा गर्न अग्रसर देखिन्छन् । संरक्षित जनावरहरूको प्रजनन गर्न इजाजतपत्र अनिवार्य गरिएको छ ।

विज्ञहरूका अनुसार घरपालुवा जनावर जेसुकै भएपनि बढ्दो संख्यामा जनावर र चराहरूले मानिसहरूलाई साथ दिइरहेका छन्।

आईआई मिडिया रिसर्चको तथ्याङ्क अनुसार चीनको घरपालुवा जनावर उद्योगको बजार आकार वर्षको अन्त्यसम्ममा ११३ अर्ब अमेरिकी डलर नाघ्ने अपेक्षा गरिएको छ।

पर्सा प्रहरीको ठूलो सफलता: निर्वाचन बिथोल्ने षड्यन्त्र असफल, उम्मेदवार चौधरीको गाडीबाट विस्फोटक पदार्थ बरामद

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बढाइएको प्रहरी सक्रियताले पर्सामा एक

पर्सा प्रहरीको ठूलो सफलता: निर्वाचन बिथोल्ने षड्यन्त्र असफल, उम्मेदवार चौधरीको गाडीबाट विस्फोटक पदार्थ बरामद

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बढाइएको प्रहरी सक्रियताले पर्सामा एक

पोडकास्ट सुन्नुहोस