२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५२

नक्कली नेपाली नोट सहित रौतहटमा तीन जना पक्राउ

रौतहट –

रौतहटबाट नक्कली नेपाली नोट सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी चौकी मठिया महुलीया र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टको सयुक्त टोलीले पक्राउ गरेको हो ।

भारत पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही गोनाही नगरपालिका–४ निवासी २१ बर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल पक्राउलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट मंगलबार साँझ पक्राउ गरिएको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरी टोलीलाई देखेर उनीहरु खेत हुँदै भाग्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका डिएसपी तथा सूचना अधिकारी बिष्णु प्रदिप बस्यालले बताए ।

उनका अनुसार नक्कली नेपाली नोट १,००० दरका ११८ थान, एक थान मोटरसाइकल र तीन थान मोबाइल बरामद गरिएको छ । यस घटनाको विषयमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस