२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५७

आगामी निर्वाचनसम्मै गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दाबी

रौतहट –

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको गठबन्धन कायम रहने बताएका छन् ।

रौतहटको गौरमा नेपाली काँग्रेसले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले सात दलीय गठबन्धन मजबुत रहेको र एकजुट भएर काम गर्ने बताए ।

गठबन्धनको छलफलकै आधारमा मन्त्रीमण्डल विस्तार गर्ने समेत उनले बताए । स्वागत कार्यक्रममा बोल्दै उनले मधेशमा रहेको बेथितिको अन्त्य गर्न आफूले ठोस कदम चाल्ने बताए ।

‘यस प्रदेशमा रहेका बेथितिहरू हटाएर सुशासन कायम गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ,’ मुख्यमन्त्री यादवले भने, ‘प्रदेशको विकासका लागी सबै किसिमका चुनौतीहरूको सामना गर्दै म अगाडि बढ्नेछु ।’

उनले मधेशमा समस्याको चाङ रहेको चुनौतीहरूलाई पार गर्दै रोकिएका विकासका योजनाहरू अगाडि बढाउने र नयाँ योजना तथा रणनीतिलाई अगाडी ल्याउने बताए ।

शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम गर्ने समेत उनले बताए ।

मधेश प्रदेशको छैंठौ मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाले पछि आज गृहजिल्ला रौतहटका आएका यादवले विभिन्न शक्ति पीठहरूमा पूजा अर्चना समेत गरेका छन् ।

मुख्यमन्त्री यादवलाई स्थानीयहरूले जिल्लाका अलग अलग स्थानमा कार्यक्रम आयोजना गरेर सम्मान गरेका छन् ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस