२०८३ भाद्र २२ गते, सोमबार २१:४८

नापी कार्यालय पर्साका सर्भेक्षक र कार्यालय सहयोगि विरुघ विशेष अदालतमा मुद्दा दायर 

बीरगन्ज –
अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय टंगालले आज नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ९ १ ० बमोजिमको कसुरमा रु। १ लाख बिगो कायम गरी कैद र बिगो बराबर जरिवाना माग गर्दै अख्यिातरले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेकोहो ।
छुट जग्गा दर्ता गरिदिने नाममा सेवाग्राहीसँग १ लाख रुपैया घुसलिकै बेला मङ्सीर २ गते अख्तिायरको टोलीले सर्भेक्षक राउत र कार्यालय सहयोगि उपाध्यायलाई रंगेहात पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा सर्वेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायको आपसी मिलेमतो तथा योजनामा वीरगन्ज महानगरपालिकाको वडा नं।२५ को कित्ता नं। ५५, क्षेत्रफल ०।०६४ वर्ग मिटर जग्गा छुट दर्ता गरिदिने भनी सेवाग्राहीसँग १ लाख घुस माग गरिएको पुष्टि भएपछि मुद्दा दर्ता गरिउको अख्यितारले जनाएको छ ।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस