२०८२ फाल्गुन २० गते, बुधबार ०८:५९

रुसले युक्रेन–इयु सिमानानजिक हाइपरसोनिक मिसाइल प्रहार गर्‍यो, युरोपमा सुरक्षा चिन्ता बढ्यो

काठमाण्डौं-
रुसले पश्चिमी युक्रेनको ल्भिभ क्षेत्र, जुन युरोपेली संघ (EU) र नाटो सिमानाको नजिक पर्छ, त्यहाँ हाइपरसोनिक मिसाइल प्रहार गरेको छ। यो घटनाले युरोपभर सुरक्षा चिन्ता बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रायटर्सका अनुसार रुसले ओरेश्निक नामको हाइपरसोनिक मिसाइल प्रयोग गरेको हो, जुन अत्यन्तै तीव्र गतिमा प्रहार गर्न सक्ने र आधुनिक हवाई सुरक्षा प्रणालीबाट रोक्न कठिन मानिन्छ। यो मिसाइल प्रयोग गरिएको दोस्रो घटना हो।

उही रात युक्रेनको राजधानी किभमा पनि रूसी ड्रोन तथा मिसाइल आक्रमण भएको थियो, जसमा चार जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। आक्रमणका कारण किभमा ठूलो क्षेत्र अन्धकारमा परेको छ र करिब ५० लाख घरधुरीमा विद्युत आपूर्ति अवरुद्ध भएको जनाइएको छ। किभस्थित कतारको दूतावासमा समेत क्षति पुगेको रायटर्सले जनाएको छ।

रुसले यो आक्रमणलाई युक्रेनतर्फबाट भएको ड्रोन हमलाको प्रतिउत्तर भएको दाबी गरे पनि युक्रेन र संयुक्त राज्य अमेरिकाले उक्त दाबीलाई अस्वीकार गरेका छन्। विश्लेषकहरूका अनुसार प्रयोग गरिएको मिसाइलमा न्यूक्लियर हतियार जडान गरिएको थिएन, बरु परीक्षणका लागि डमी वारहेड प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ।

युक्रेनका अधिकारीहरूले EU र नाटो सिमानानजिक यस्ता शक्तिशाली मिसाइल प्रयोग हुनु गम्भीर अन्तर्राष्ट्रिय सुरक्षा चुनौती भएको बताएका छन्। युरोपेली संघका नेताहरूले घटनाप्रति चिन्ता व्यक्त गर्दै रुसमाथि थप दबाब र युक्रेनलाई थप सहयोग आवश्यक रहेको बताएका छन्।

यस घटनाले युक्रेन युद्ध अझै जटिल बन्दै गएको र यसको प्रभाव युरोपको सुरक्षासम्म फैलिँदै गएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

पर्सा प्रहरीको ठूलो सफलता: निर्वाचन बिथोल्ने षड्यन्त्र असफल, उम्मेदवार चौधरीको गाडीबाट विस्फोटक पदार्थ बरामद

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बढाइएको प्रहरी सक्रियताले पर्सामा एक

पर्सा प्रहरीको ठूलो सफलता: निर्वाचन बिथोल्ने षड्यन्त्र असफल, उम्मेदवार चौधरीको गाडीबाट विस्फोटक पदार्थ बरामद

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बढाइएको प्रहरी सक्रियताले पर्सामा एक

पोडकास्ट सुन्नुहोस