२०८२ फाल्गुन २० गते, बुधबार ०९:००

कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन

काठमाडौँ –

नेपाली कांग्रेसको आइतबारदेखि शुरू हुने विशेष महाधिवेशनका लागि काठमाडौँका फरक फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ।

महाधिवेशन आयोजना स्थल भृकुटीमण्डपमा शनिबार दिउँसो आयोजित विशेष महाधिवेशन नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । महाधिवेशनका लागि गठन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामंगल र गौशाला क्षेत्रका विभिन्न होटल बुक गरिएको छ।

सुन्धारा, ठमेल र एयरपोर्ट सिनामंगल गौशाला क्षेत्रमा एक–एक हजार प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको तथा थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको धमलाले जानकारी दिए।
विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि होटलमा बसोबासको व्यवस्थापनका लागि प्रदेश विभाजन गरेर होटल समन्वयको जिम्मा दिइएको छ ।

यसैगरी विदेशबाट आउने प्रतिनिधिहरूका लागि ठमेलस्थित इन्काउन्टर होटलमा बसोबासको व्यवस्था गरिएको छ भने अपांगता भएका व्यक्तिहरुका लागि बागबजारमा रहेको एक होटलमा व्यवस्थापन गरिएको छ ।

यसैगरी महाधिवेशन प्रतिनिधिहरुका लागि पुस २७ गते आइतबारका लागि बेलुकी सादा खानाको व्यवस्थापन गरिएको छ । २७ गतेको खाना भृकुटीमण्डपमा हल भित्रै हुनेछ । यसैगरी पुस २८ गते विहान ब्रेकफास्ट, दिउँसो मटन खानाको व्यवस्थापन गरिएको तथा बेलुकी चिकेन खानाको व्यवस्थापन गरिएको संयोजक धमलाले जानकारी दिए। महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले एक हजार रुपैयाँ शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने जानकारी दिए ।

पर्सा प्रहरीको ठूलो सफलता: निर्वाचन बिथोल्ने षड्यन्त्र असफल, उम्मेदवार चौधरीको गाडीबाट विस्फोटक पदार्थ बरामद

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बढाइएको प्रहरी सक्रियताले पर्सामा एक

पर्सा प्रहरीको ठूलो सफलता: निर्वाचन बिथोल्ने षड्यन्त्र असफल, उम्मेदवार चौधरीको गाडीबाट विस्फोटक पदार्थ बरामद

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बढाइएको प्रहरी सक्रियताले पर्सामा एक

पोडकास्ट सुन्नुहोस