काठमाडौँ –
नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्ष आज सर्वोच्च अदालत जाने भएको छ । काँग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जान लागेको हो ।
पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले काँग्रेसको मान्यता दिएपछि देउवा समूह यसको विरुद्धमा छ ।
देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।
Post Views: 2














