सर्लाही –
सर्लाही जिल्ला क्षेत्र नं. ४ मा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भई स्थिति तनावग्रस्त बनेको छ।
बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान प्रारम्भ भएको केहीबेरमै मतदाताहरूबीच भनाभन र धकेलाधकेल भएपछि अवस्था असहज बनेको हो।
मतदान केन्द्रमा ठूलो संख्यामा मतदाता जम्मा भएपछि सामान्य विवाद चर्किँदै हुलदङ्गाको रूप लिएको बताइएको छ। घटनापछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका थिए।
तनावका कारण केही समयका लागि मतदान प्रक्रिया अवरुद्ध भएको भए पनि अवस्था सामान्य बनेसँगै मतदान पुनः सञ्चालनमा आएको निर्वाचन अधिकृतले जनाएका छन्।
Post Views: 7













