काठमाडौं –
प्रतिनिधि सभा सदस्यका लागि भइरहेको निर्वाचनमा देशभर मतदाताको उल्लेख्य उत्साह देखिएको छ। बिहीबार दिउँसो ३ बजेसम्म देशभर करिब ७६ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि निरन्तर जारी छ। प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म कुल मतदातामध्ये करिब ४० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।
निर्वाचन आयोगका अनुसार देशभर रहेका १० हजार ९६७ मतदान स्थलमा छिटपुट घटनाबाहेक मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको छ।
मतदानको समय अझै बाँकी रहेकाले साँझसम्म मतदान प्रतिशत उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। देशका विभिन्न स्थानमा बिहानदेखि नै मतदाताको लाम देखिएको छ, जसले निर्वाचनप्रति नागरिकको चासो र सहभागिता उच्च रहेको संकेत गरेको छ।
Post Views: 4













