२०८३ बैशाख २३ गते, बुधबार २१:५८

१२ वटा राष्ट्रियस्तरका ट्रेड युनियन खारेज

काठमाडौं-

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एकैचोटी १२ वटा राष्ट्रियस्तरका ट्रेड युनियन खारेज गरेको छ। हालै जारी भएको “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ (नं. ०७)” को आधारमा पञ्जिकाधिकारीको निर्णयबाट ती युनियनहरूको दर्ता रद्द गरिएको विभागले जनाएको छ।

खारेज हुने ट्रेड युनियनहरूमा स्वास्थ्य क्षेत्रअन्तर्गत नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी यूनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन पनि रहेका छन्।

विभागले सार्वजनिक गरेको सूचना अनुसार, निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) अन्तर्गत दर्ता भएका ८ वटा तथा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत दर्ता भएका ४ वटा गरी कुल १२ ट्रेड युनियन खारेज गरिएका हुन्। खारेज हुनेमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनलगायत विभिन्न कर्मचारी संगठनहरू रहेका छन्।

अध्यादेशमार्फत कानुनी प्रावधान संशोधन भएपछि ती युनियनहरूको वैधानिकता समाप्त भएको विभागका प्रवक्ता ई. मणिनाथ गौपले बताए। “नयाँ व्यवस्थाअनुसार दर्ता कायम राख्न नसक्ने युनियनहरू खारेज गरिएको हो,” उनले बताए।

यो निर्णयले कर्मचारी संगठनहरूको संरचना र गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस