२०८३ बैशाख २५ गते, शुक्रबार १३:१४

घण्टाघर देखि माइस्थान सम्मको  रेखाँकन प्रति स्थानिय असन्तुष्ट

वीरगन्ज-

वीरगन्जको घण्टाघर देखि माइस्थानसम्मको सडक विस्तारमा विभेद भएको स्थानियले गुनासो गरेका छन् । त्रिभुवन राजपथल सडकको मध्य विन्दुबाट २५–२५ मिटर दाया बाया छुट्याइ सडक विस्ता गर्नु पर्नेमा त्यसो नगरी घण्टाघरको मध्य भागलाई आधार बनाई आफूहरुसंग विभेद  गरिएकोे स्थानियले आरोप लागएका छन् ।

२०६२ सालमा उक्त सडक विस्तार गर्नका लागि भएकोे रेखाँनलाई समेत नमानि सडक डिभिजन कार्यालय हटौंटा, वीरगन्ज महानगरपालिका र नापिका कार्यालय वीरगन्जले मनपरि गरेको घण्टाघर निवासी कौशल बर्णवालले आरोप लगाउनु भयो । उहाँले घटनाघरको  पुर्व तर्फा  राजपथ रहेको   नक्सामा स्पस्ट देखिएपनि पछिलो समय घण्टा घरको विच्च भागलाई आधार मानेको कारण आफहरु बढी मारमा परेको बताउनुभयो ।

आफुहरु सडक विस्तारको विरोधमा नभई न्यायउचित  तवरले नक्सामा भए अनुसार गर्न माग गरेको घटाघर पानमण्डी निवासी जवाहर गुप्ताको भाई रहेको छ । उहाँले त्रिभुवन राजपथको माध्य भागलाई आधारमानि दुवै तर्फ २५ मिटर विस्तार गर्न सर्वोच्चले आदेश गरेको भएपनि नाप जाँच गर्नेहरु आफुखसि गरेको प्रति हाम्रो विमती रहेको बताउनुभयो । २०२१ साल वा सोपछिका नक्सालाई आधार मानी सडक विस्तार गर्न पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालसंग भेटी आग्रह गरेको गुप्ताले जानकारी दिनुभयो।

यसै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी दहालसंग बुझदा उहाँले घण्टाघर देखि माइस्थान सम्मको क्षेत्रमा गरिएको रेखाँकन वारे व्यपक गुनासो आएपछि स्थानियहरुको गुनासो ठिक साचो भए नभएको वारे अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको जानकारी दिनुभयो। उहाँले त्रिभुवन राजपथको मध्य भागलाई नै आधार मान्ने नेपाल सरकारले उपलब्ध गारएको कागजातमा प्रस्ट उलेख छ र सोही बमोजिक  नै हुने उहाँले बताउनुभयो।

त्रिभुवन राजपर्थको राइट आफ वे छुट्याउनमा नापी कार्यालयले नै चल खेल गरेको गुनासो वारे वीरगन्जन नापी कार्यालयका सुचना अधिकारी राजकुमार विश्वकर्मचार बुझदा उहाँले सडक विभाग र वीरगन्ज महानगरपालिकाले जहाबाट भन्यो आफुहरुले त्यसैलाई मध्यभाग मानि दुई तर्फ २५–२५ मिटर छुट्याई चिन्हा लगाएको जानकारी दिनुभयो। सडकको मध्यभाग कुन हो सो वारे सडक विभागले नै जाँनने भएकाले आफुहरुले उनले भने अनुसार  रेखाँकन गरेकोे प्रस्ट पार्नुहो ।

यसै विषयमा सडाक डिभिजन कार्यालय हेटौडाका प्रमुख  किरण कार्कीसंग बुझदा उहाँले आफु कार्यालयको प्रमुखको कार्यभार सम्भालेको दुई दिन मात्र भएकाले वीरगन्जको विवाद वारे अध्ययन अनुसन्धान  गर्न वाकि रहेको बताउनुभयो ।  वीरगन्जको घण्टाघर देखि माइस्थान सम्मको सडक विस्तारमा समस्या आएको पर्साका प्रमुख जिल्ला अधिकारी ज्युले जानकारी गराउनु भएको छ र आफु स्वमपनि यस विषयमा गम्भिर भएकाले रेखाँकन वारे सरोकारवालाहरुलाई राखि विवाद रहित तवरले अगाडी बढने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

घण्टाघरको पुर्वमा रहेको सडकको मध्य भागमा किला हाली पहिले नै राइट अफ वे छुट्याएको तिन दिन पछि वीरगन्ज महानगरपालिकाको दवावमा घण्टाघरको मध्यभागलाई केन्द्र विन्द बनाइएको नापी कार्यालय स्रोतले दावी गरेको छ ।  पहिले घण्टा घरको उत्तर र पूर्व सडकको मध्य मागमा किला लगाई रेखाँकनको तयारी भएपनि स्थानिय तहको दवावमा पछि घण्टा घरको मध्य भागबाट २५ मिटर दुवै तर्फ रेखाँनक अभएको श्रोतको दावी छ ।

प्रतिक्रिया

विशेष

पोडकास्ट सुन्नुहोस