२०८३ बैशाख २६ गते, शनिबार ११:३६

प्रधानन्यायाधीश बन्नुअघि ‘जनताको अदालत’मा डा. शर्मा, संसदीय समितिद्वारा उजुरी आह्वान

काठमाडौँ –

प्रस्तावित प्रधानन्यायाधीशडा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिले सार्वजनिक रूपमा उजुरी आह्वान गरेको छ। सर्वोच्च अदालतको नेतृत्व सम्हाल्न अघि बढेका शर्माको योग्यता, आचरण वा कार्यशैलीप्रति कसैलाई आपत्ति भए प्रमाणसहित उजुरी दिन समितिले आग्रह गरेको हो।

समितिले शुक्रबार सूचना जारी गर्दै “प्रधानन्यायाधीश पदका लागि उपयुक्त छैन” भन्ने ठोस आधार भए १० दिनभित्र उजुरी दर्ता गर्न सकिने जनाएको छ। उजुरी स्पष्ट तथ्य, प्रमाण र शिष्ट भाषामा पेश गर्नुपर्ने शर्त राखिएको छ।

उजुरी संसदीय सुनुवाइ समिति, संघीय संसद् सचिवालय सिंहदरबारस्थित कार्यालय वा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ। समितिका अनुसार उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्नेछ। तर आवश्यक परे उजुरीकर्ताको पहिचान गोप्य राखिने पनि बताइएको छ।

संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउन भन्दै समितिले नागरिकलाई सक्रिय सहभागिताको आह्वान गरेको छ। जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त हुने उजुरीहरू समयमै सचिवालयमा पठाइदिन पनि समितिले निर्देशन दिएको छ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाको यो चरणलाई न्यायपालिकाको नेतृत्व छनोटमा ‘जनताको आवाज सुन्ने अवसर’का रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया

प्रधानन्यायाधीश बन्नुअघि ‘जनताको अदालत’मा डा. शर्मा, संसदीय समितिद्वारा उजुरी आह्वान

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीशडा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिले सार्वजनिक

प्रधानन्यायाधीश बन्नुअघि ‘जनताको अदालत’मा डा. शर्मा, संसदीय समितिद्वारा उजुरी आह्वान

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीशडा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिले सार्वजनिक

पोडकास्ट सुन्नुहोस