२०८३ असार १० गते, बुधबार ०९:१८

जावलाखेलको मेनपावर सिल हुने तयारी, लाखौं नगदसहित सयौं पासपोर्ट फेला

काठमाडौं-

वैदेशिक रोजगारीका नाममा भइरहेको अनियमिततामाथि सरकारले कडाइ थालेको संकेत गर्दै श्रम मन्त्रालयले ललितपुरको जावलाखेलस्थित एक मेनपावर कम्पनीमा आकस्मिक छापा मारेको छ ।

शुक्रबार प्रहरी टोलीसहित पुगेको मन्त्रालयको अनुगमन टोलीले ‘मुन म्यानपावर’ नामक संस्थाबाट ४३७ वटा पासपोर्ट र ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरेको हो ।

श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान तयारीमा रहेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि छापा मार्ने निर्णय गरिएको थियो । गुनासोमा मेनपावरले कामदारसँग विभिन्न शीर्षकमा रकम असुली गरेको र पासपोर्ट नियन्त्रणमा राखेको आरोप उल्लेख गरिएको थियो ।

छापाका क्रममा ठूलो संख्यामा पासपोर्ट फेला परेपछि वैदेशिक रोजगारी क्षेत्रमा फेरि शंका र चासो बढेको छ । बरामद गरिएको नगदको कुनै रसिद वा वैधानिक कागजातसमेत फेला नपरेको सरोज यादवले जानकारी दिए ।

“प्रधानमन्त्री कार्यालयबाट सूचना आएलगत्तै टोली परिचालन गरिएको हो,” उनले भने, “कम्पनीलाई सिल गरेर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइनेछ ।”

श्रम मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा ठगी, अनावश्यक शुल्क असुली वा पासपोर्ट रोक्का राख्ने जस्ता गतिविधिबारे सूचना दिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

सरकारले पछिल्लो समय मेनपावर कम्पनीहरूमाथि निगरानी बढाइरहेका बेला जावलाखेलको यो छापाले वैदेशिक रोजगारी क्षेत्रमा लुकेका बेथितिहरू फेरि सतहमा ल्याएको छ ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस