वीरगन्ज-
जग्गा स्वामित्वको विवादलाई समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले माग गरेको कागजात वीरगन्ज महानगरपालिकाले उपलब्ध गराउन आनाकारी गरेको तथ्या प्रकासमा आएको छ ।
वीरगन्जको आर्दशनगरमा रहेको स्काई मौल इनफ्रा प्रा.ली लगायतका जग्गा स्वामित्वको विवादलाई समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले माग गरेको कागजात महानगरपालिकाले उपलब्ध गराउन आनाकानी गरेको हो ।
साविक पर्सा गाविस श्रीपुर वडा नं.९को कित्ता नं. ९ कित्ता काट भाइ हाल कायम रहेको कित्ता नं. १०५,१४ र १५को १४ कठ्ठा ६ धुर जग्गाको स्वामित्व विवादलाई समाधान गर्न प्रशासनले महानगरपालिकासंग विभिन्न ८ वटा कागजात माग गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले बैशाख १५ गते च.नं ५३१४ मार्फत ७ दिनको म्याद राखि साविक पर्सा गाविस श्रीपुर वडा नं.९को कित्ता नं. ९ कित्ताकाट भाइ हाल कायम रहेको कित्ता नं. १०५,१४ र १५को १४ कठ्ठा ६ धुर जग्गाका स्वामित्वलाई खुलस्त पार्ने विभिन्न ८ वटा कागजात उपलब्ध गराउन पत्र पठाएपनि महानगरपालिकाले म्याद सकेको ७ दिन वित्दा समेत कागता उपलब्ध नगराएको जिल्ला जिल्ला प्रशासन कार्यालय पर्साको शाखा अधिकृत गौरिशंकर साहले जानकारी दिनुभयो ।
वीरगन्ज महानगरपालिका वडा नं. ६ निवासी प्रदिप केडिया र वीरगन्ज ४ निवासी निखत प्रविन अंसारका अधिकृत वासेर संजय कुमार ठाकुरले दिएको निवेदनमाथि पटक पटक छलफल भई बैशाख ९ गते कागजात उपलब्ध गराउन सहमति भएको र सोही सहमतिका आधारमा पत्र काटिएको उहाँले बताउनु भयो ।
महानगरपालिकाको भुमि व्यवस्थाथापन तथा सहरि विकास महाशाखाका प्रमुख गौरभ झा, भुमि सुधार तथा मालपोत कार्यालय पर्साका प्रतिनिधि, नापी कार्यालय पर्सा प्रतिनिधी, निवेदकन केडिया र ठाकुर सहभागि भएको बैठकमा विभिन्न ८ वटा कागजता उपलब्ध गराउन सहमति भएको अधिकृत साहले जानकारी दिनभयो।
महानगरपालिकाले बैठकमा गरेको सहमतिलाई उलंघन गरेकाले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउदै ताकेदाका लागि पुनः पत्र काटिने तयारी रहेको उहाँको भनाइ रहेको छ ।
यसै विषयमा महानगरपालिकाका सुचना अधिकारी सुनिल कर्णसंग बुझदा उहाँले जिल्ला प्रशासन कार्यालयले माग गरेका कागजात उपलब्ध गराउने नगराउने वारे कार्यालयका कानुनी सलाहकारहरुसंग राय मागिएको र राय आएपछि सोह अनुसार गर्ने जानकारी दिनुभयो।
महानगरपालिकाले माग गरिएको कागजात उपलब्ध नगराएकाले जग्गाको स्वामित्व विवाद बल्झी गएको भुमि सुधार तथा मालपोख कार्यालय पर्साका प्रमसख खेमराज खतरिले जानकारी दिनुभयो। उहाँले जग्गा एक जनाको नाममा रजिष्ट्रेष्ण रहेको लाल पूर्जा अर्को व्यक्तिको नाममा देखिएकाले जग्गाको सही धनी पत्ता लगाउन मालोप कार्यालय समेतले महानगरपालिकाकासंग पटक पटक पत्र लेखि कागजात मागदा समेत कागजात उपलब्ध नगारएकाले समस्या थप जटिल बन्दै गएको उहाँले बताउनुभयो ।
प्रशासनले माग गरेको कागजात महानरपालिकाले उपलब्ध गराए उक्त जग्गाको सही धनीलाई न्याय दिन सकिने प्रमुख खतरिको भनाई रहको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले माग गरेको कागजात महानगरपालिकाले उपलब्ध नगराई भुमाफिहरुलाई जोगाउने प्रयास गरेको अंसारीका अधिकृत वारेस ठाकुरले आरोप लगाउनुभयो । मालपोत कार्यालयको दर्ता किताबमा उक्त दुवै जग्गाको स्वामित्वमा केडिया र अंसारीको नाम हालसम्म कायम रहेपनि झुठा र किर्ते कागजका आधारमा जग्गा हडपिने दाउमा भुमाफिहरु रहेका छन भने, उनलाई सहि कागजात उपलब्ध नगराई महानगरपालिकाका कर्मचारीहरुले सघाइरहेको उहाँले आरोप लगाउनुभयो।
जिल्ला प्रशासन कार्यालय पर्साले माग गरेका कागजातको विवरण यस प्रकार रहेको छ ।
१. पर्सा गाविस श्रीपुर वडा नं.९को कित्ता नं. ९ कित्ता काट भाइ हाल कायम रहेको कित्ता नं. १०५,१४ र १५को क्षेत्रफल ०–३ –०,०–९–० र ० –२–६–०को जग्गाका कुन मिति र कुन स्तरको निर्णयले अधिग्रहण भएको हो ।
२. उक्त जग्गा अधिग्रहण पश्चात कुन मितिको राज पत्रमा सूचना प्रकाशित भएको हो सो को सक्कल ।
३. माथि उलेखित जग्गाहरुको सुचना प्रकाशन प्रश्चात कुन मितिमा नाप–नक्सा सुरु भई कुन मितिमा नाप–नक्सा समाप्त भएको हो र कुन मितिमा नक्सा प्रमाणित भएको रकुन मितिमा लागु भएको हो सो उल्लेख भएको नक्साको सक्कल ।
४. माथि उलेखित भएको जग्गाको नाप–नक्सा भई लागु भए पश्चात कुन मिति र कुन स्तरको निर्णयबाट क–कसलाई विक्री वितरण गरिएको हो सो निर्णयको सक्कल ।
५. माथि उल्लेख भएको जग्गाको साविक जग्गा धनीलाई जग्गा अधिग्रहण पश्चात सो जग्गा बाप्त मुआब्जा दिएको हो या जग्गा नै सट्टा दिएको हो सोह निर्णयको सक्कल ।
६. उक्त जग्गा अधिग्रहण पश्चात नाप–नक्साभई बिक्रीवितरण पश्चात तत्कालीन श्री ५को सरकारलाई के–केति राजश्व प्राप्त भएको हो सो को विवण ।
७. माथि उल्लेखि भएको जग्गाको अधिग्राहण सम्बन्धि सम्पूर्णकामकारबाही साप्त कुन स्तरको कर्मचारीलाई अख्तियारी प्रदान गरिएको हो सो निर्णयको सक्कल ।
८. उक्त जग्गा नगरबिकास समितिबाट खरिद गरि लिएको जग्गा धनीसंग सक्कल रजिष्ट्रेषन(राजिनामा) र सक्कल जग्गा धनी प्रमाण पूर्जा माग गरि सय कार्यालयमा उपलब्ध गराउने ।











