२०८३ असार २२ गते, सोमबार ०८:५६

सरसफाइमा सक्रिय वीरगन्जका युवाहरू, काठमाडौंमा उदाहरणीय अभियान

वीरगन्ज-

तराईका जिल्लामा फोहर व्यवस्थापनप्रति उदासीनता रहेको भन्ने धारणा गलत साबित गर्दै वीरगन्जका युवाहरूले काठमाडौंमा सरसफाइ अभियान सञ्चालन गरेका छन्।

अध्ययन प्रयोजनका लागि काठमाडौं बस्दै आएका वीरगन्ज महानगरपालिका वडा नं. १ छपकैयाका युवाहरूले राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारेर बिहानै शंखमूल क्षेत्रको सडक पेटी तथा सार्वजनिक स्थान सरसफाइ गरेका हुन्।

बालेन शाह नेतृत्वको आह्वानअनुसार काठमाडौँ महानगरपालिकाको वडा नं. ११ शंखमूल क्षेत्रमा बसोबास गर्दै आएका यी युवाहरूले टोल वरपरको फोहर संकलन गरी सरसफाइ गरेका हुन्।

सरसफाइ अभियानमा आदित्य गुप्ता, निरज सहनी, उदय गुप्ता, अनुष्का गुप्ता र सिया गुप्ताको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले सडक तथा सार्वजनिक स्थानमा रहेका फोहर हटाएर स्वच्छ वातावरण निर्माणमा योगदान दिएका हुन्।

स्थानीय बासिन्दाहरूले बिहानैदेखि युवाहरूले गरेको सरसफाइ देखेर प्रशंसा गरेका छन्। अभियानका अगुवा आदित्य गुप्ताले विद्यालय बिदाको समय सदुपयोग गर्दै टोललाई सफा राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।

उनका अनुसार सरसफाइ केवल सरकारको मात्र जिम्मेवारी नभई नागरिकको साझा दायित्व हो भन्ने सन्देश दिन अभियान गरिएको हो। साथै स्थानीयवासीहरू पनि पछि सरसफाइमा सहभागी भएको उनले जानकारी दिए।

यस प्रकारको सक्रियताले तराईका युवाहरू पनि वातावरणीय सचेतना र सरसफाइप्रति अत्यन्त जागरुक रहेको सन्देश दिएको छ।

प्रतिक्रिया

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

पोडकास्ट सुन्नुहोस