२०८३ जेष्ठ ४ गते, सोमबार १४:२६

बैंकिङ कसुरमा फरार रहेका ठाकुर पक्राउ

वीरगन्ज-

बैंकिङ कसुर मुद्दामा दोषि ठहरभई फरार रहदै आएका एक जना ४५ वर्षीय पूरुषलाई पर्सा प्रहरीले पक्राउ गरी आज सावर्जनिक गरेको छ ।
पर्सा जिल्ला अदलातले १ महिना कैद र ९ लाख २६ हजार रुपैया जरिवाना तोकेको वीरगन्ज महानगरपालिका वडा नं. ११ निवासी प्रमोद कुमार ठाकुरालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।


पर्सा जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा दोषि ठहर भइए फरार रहदै आएका ठाकुर घर आसपासका क्षेत्रमा लुकीछिपी बसेको पूर्व सुचनाको आधारमा उनलाई आइतबार सांझ पक्राउ गरीएको जिल्ला प्रहरी प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो। पक्राउ परेका ठाकुरलाई आवस्यक कारवाहीका लागि आज पर्सा जिल्ला अदालतमा बुझाएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस