२०८३ जेष्ठ ४ गते, सोमबार १९:३५

मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु दुई घाइते

रौतहट –

रौतहटको परोहा नगरपालिका-६ बसन्तपट्टी चौकमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई बालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कोप्वाबाट फतुवातर्फ जाँदै गरेको म.प्र.०५–००१प ०१८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक मुकेश मुखिया (२२) लाई उपचारका लागि वीरगञ्जस्थित मेट्रो सिटी अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा सोमबार अपराह्न करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदिप बस्यालका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार दुई बालक—राजपुर नगरपालिका–२ का १० वर्षीय शिवजी मुखिया र ८ वर्षीय सुजित मुखिया—घाइते भएका छन्।

घाइते दुवै बालकको शरीरका विभिन्न भागमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। उनीहरूको उपचार वीरगञ्जस्थित मेट्रो सिटी अस्पतालमै भइरहेको छ।

घटना जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय कोप्वापिपरियाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस