२०८३ असार २२ गते, सोमबार ०८:५८

प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ उजुरी, संसदीय सुनुवाइमा चासो बढ्दै

काठमाडौँ –

प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी दर्ता भएका छन्। उजुरी दिनका लागि तोकिएको १० दिनको समयावधिभित्र विभिन्न माध्यममार्फत उजुरीहरू प्राप्त भएको संघीय संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयकी उपसचिव सावित्रा शर्माका अनुसार, समितिले सार्वजनिक रूपमा आह्वान गरेपछि निर्धारित समयसीमाभित्र नै १६ उजुरी दर्ता भएका हुन्।

गत वैशाख २५ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्मा विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो, जसअनुसार १० दिनको समय दिइएको थियो।

उजुरी संकलनका लागि समितिले हुलाक, इमेल, प्रत्यक्ष बुझाइ, खाममार्फत सदस्यलाई हस्तान्तरण, तथा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत समेत उजुरी दिन सकिने व्यवस्था मिलाएको थियो।

उजुरीकर्ताहरूलाई विषयवस्तुका आधार र कारण स्पष्ट रूपमा खुलाउन आग्रह गरिएको थियो।

अब समितिले आगामी जेठ ५ गते बस्ने बैठकमा सबै उजुरीहरू समितिका सदस्यहरूको रोहबरमा खोल्ने तयारी गरेको छ। त्यसपछि ती उजुरीहरू अध्ययनका लागि सबै सदस्यलाई वितरण गरिनेछ, जसले सुनुवाइ प्रक्रियालाई थप अगाडि बढाउनेछ।

प्रतिक्रिया

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

पोडकास्ट सुन्नुहोस