२०८३ असार २२ गते, सोमबार ०८:५९

नेपाल बारद्वार आन्दोलनको घोषणा

काठमाडौं –

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता नहुने अवस्थाप्रति विरोध जनाउँदै कानुन व्यवसायीहरूले सांकेतिक रूपमा लालटिन बालेर प्रदर्शन गर्ने भएका छन्।

नेपाल बार एसोसिएसनको हालै सम्पन्न कार्यसमिति बैठकले अदालतमा रिट तथा मुद्दा दर्ता नै हुन नसक्ने परिस्थिति बनेको भन्दै त्यसको विरोधमा लालटिन बाल्ने निर्णय गरेको हो। विरोध कार्यक्रम मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा हुने जनाइएको छ।

नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्र ले न्याय प्राप्तिको मूल मार्गमै अवरोध देखिनु गम्भीर विषय भएको बताएका छन्। उनका अनुसार अदालतमा रिट र मुद्दा दर्ता हुन नसक्ने अवस्था सिर्जना हुनु न्याय प्रणालीप्रतिको जनविश्वासमै प्रश्न उठाउने कुरा हो।

उनले भने, “अदालतमा न्याय खोज्न जाँदा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले कहाँ न्याय पाउने? न्याय खोज्न कहाँ जाने?”

बारले यो कार्यक्रमलाई सत्य र न्यायको पक्षमा सांकेतिक विरोधका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

पोडकास्ट सुन्नुहोस