२०८३ असार २४ गते, बुधबार १९:५७

वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई

वीरगन्ज-

वीरगन्ज महानगरपालिकालाई सफा, सुन्दर, हराभरा एवं व्यवस्थित बनाउन बिरगन्ज महानगरपालिकाले बनाइएको ‘एक्सन टिम’ टिमको नेतृत्व एवं जिम्मेवारी सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई सुम्पेको हो।
सोमबारदेखि मियाँले जिम्मेवारी सम्हालेसँगै सहरका विभिन्न स्थानमा सरसफाइ र सडकपेटी (फुटपाथ) अतिक्रमणमुक्त गराउन विशेष अभियान सञ्चालन गरिने वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले जानकारी दिनुभयो।

एक्सन टिमको जिम्मेवारी हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख आलमले सहरमा कुनै पनि प्रकारको अतिक्रमण र फोहोर हुन नदिन तथा महानगरले गर्दै आएका कार्यहरूमा कुनै पनि कमी कमजोरी हुन नदिन कडा निर्देशन दिनुभएको छ। उहाँले यो अभियान मुख्य सडकमा मात्र सीमित नभएर महानगरका ३२ वटै वडासम्म प्रभावकारी रूपमा अगाडि बढ्ने बताउनुभयो।

महानगरको गरिमा उच्च राख्न र आम सर्वसाधारणको स्वास्थ्य तथा दैनिक जीवनमा आइपर्ने समस्याहरूलाई मध्यनजर गर्दै सोही अनुकूल नागरिक मैत्री भएर परिणाममुखी काम गर्न समेत कार्यवाहक प्रमुख आलमले निर्देशन दिनुभएको छ।

प्रतिक्रिया

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, गेटा अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, गेटा अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल

पोडकास्ट सुन्नुहोस