बुढानीलकण्ठस्थित नारायणथान मन्दिरमा भक्तजनको घुइँचो (तस्विरसहित)
नमराज नेपाल, नेपाल न्यूज बैंक
योगिनी एकादशी व्रतका अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित नारायणथान मन्दिरमा शनिबार बिहानैदेखि भक्तजनको भीड लागेको छ। भगवान् विष्णुको दर्शन तथा पूजा–आराधना गर्न भक्तजन बिहान सबेरैदेखि मन्दिर परिसरमा लामो लाइन लागेर बसेका हुन् । व्रतालुहरू धार्मिक विधिअनुसार पूजा, दर्शन र प्रसाद ग्रहण गर्न उत्साहका साथ मन्दिर पुगेका हुन्।












