२०८३ असार २९ गते, सोमबार २१:५१

बालेन-रविबीच ४ घण्टा छलफल, के-के भयो कुराकानी?

काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज (आइतबार) बूढानीलकण्ठस्थित लामिछाने निवासमा झन्डै चार घण्टा लामो ‘वान-टु-वान’ भेटवार्ता भएको छ।

बिहान साढे ११ बजे लामिछानेलाई भेट्न पुगेका प्रधानमन्त्री शाह दिउँसो सवा ३ बजे मात्रै त्यहाँबाट बाहिरिएका थिए। पछिल्लो समय सरकारप्रतिको बढ्दो जनअपेक्षा, असन्तुष्टि र काठमाडौँको सुकुमवासी व्यवस्थापनको पेचिलो बन्दै गएको मुद्दामा केन्द्रित रहेर दुई नेताबीच सघन संवाद भएको छ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार भेटमा सरकारको सय दिनको समीक्षाका साथै रास्वपाको रिक्त संगठनात्मक संरचनाबारे पनि विस्तृत छलफल भएको थियो। रास्वपामा वरिष्ठ नेतासहित ११ पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने वैधानिक व्यवस्था छ। तर, बालेन र रवि पक्षबाट कस-कसलाई समेटेर मनोनयन टुङ्ग्याउने भन्ने विषय अझै थाती नै छ।

पार्टी विधानका केही प्रावधानलाई लिएर रवि र बालेन पक्षबीच आन्तरिक असन्तुष्टि पैदा भएको बुझिएको छ। विशेष गरी संसदीय दलको नेता फेरबदल गर्ने प्रक्रिया र सभापतिले चाहेजति वरिष्ठ नेता थप्न पाउने प्रावधानप्रति बालेन पक्षले असन्तोष जनाएको स्रोतको दाबी छ।

रास्वपाको सार्वजनिक विधानअनुसार सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा वा दलको नेताविरुद्ध संसदीय दलमा प्रत्याह्वान (Recalled) वा अविश्वासको प्रस्ताव पारित भएमा मात्रै पद रिक्त हुने व्यवस्था छ। यही वैधानिक शक्ति सन्तुलन र मनोनयनको विषयमा दुई शीर्ष नेताबीच लामो छलफल चलेको हो।

प्रतिक्रिया

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

पोडकास्ट सुन्नुहोस