२०८३ आश्विन १३ गते, मंगलवार १५:४५

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि

काठमाडौं –

नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ । महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो ।

असोज १६–१९ मा काठमाडौंमा हुने तय भएको महाधिवेशन १८ गतेका लागि सारिएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ । 

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले महाधिवेशन दुई दिनपछि सारिएको जानकारी दिए ।

‘नेपाली कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्,’ दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको पनि उनले बताएका छन् । 

१५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ । महाधिवेशन अन्तर्गत अधिवेशन शृङ्खला यही असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

अन्तर्राष्ट्रिय छवि शून्यमा पु¥याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री

अन्तर्राष्ट्रिय छवि शून्यमा पु¥याउनेहरूले प्रधानमन्त्रीको कुटनीतिक मर्यादामा प्रश्न उठाए : सांसद संग्रौला

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री

पोडकास्ट सुन्नुहोस