२०८३ कार्तिक २६ गते, बिहीबार २३:४५

रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलले छठको सम्पूर्ण विधि जनकपुरधाममै गर्ने : मनिष झा

जनकपुर-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलले छठ पर्व जनकुरधाममा मनाउने भएका छन् । उनीहरुले छठ पर्वको सम्पूर्ण विधिहरु जनकपुरधाममै बसेर पूरा गर्ने रास्वपाका नेता एवम् सांसद मनिष झाले बताएका छन् ।

बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद झाले छठ पर्वको विधिहरु निष्ठापूर्वक सम्पन्न गर्न सभापति लामिछानेसँग टेलिफोनमा कुरा भएको जानकारी दिए । उनले जनकपुरधामकै कुनै सर्वसाधारणको घरमा बसेर सभापति लामिछाने र उनकी धर्मपत्नी निकिताले सम्पूर्ण विधिहरु गर्ने बताए । पार्टीमा आवद्ध नभएको र नजिकको चिनजान वा आफ्न्तको घरमा नभई सर्वसाधारण स्थानीयको घरमा बसेर सम्पूर्ण विधिहरु गर्ने तय भएको सांसद झाले बताए ।

सांसद झाका अनुसार गंगासागर पोखरीमा सभापति लामिछाने र उनकी पत्नी निकिताले अर्घलगायतका विधिहरु पनि गर्नेछन् । तर भीडलाई मध्येनजर गर्दै उनीहरु केही समय पहिला वा केही समय पछि घाटमा आउने सांसद झाले जानकारी दिए । सांसद झाका अनुसार सभापति लामिछानेको जनकपुर बसाईका क्रममा राजनीतिक भेटघाट र कार्यक्रम कम हुने र छठ पर्व केन्द्रित बढी हुनेछ । उनले जनकपुरधामका बढी भन्दा बढी पोखरीहरुको बारेमा सभापति लामिछानेलाई जानकारी गराउने बताए ।

प्रधानमन्त्री बालेन्द्र शाह पनि जनकपुरधाम आउने भन्ने हल्ला चलिरहेको विषयमा सांसद झाले शुक्रबार विहान मात्र यकिन भन्न सकिने बताए । सम्भावना कम रहेपनि यकिन जानकारी भोली विहान मात्र दिनसक्ने सांसद झाको भनाइ छ ।

यता जनकपुरधामका घाटहरु सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । चार दिनसम्म निष्ठापूर्वक मनाईने छठ पर्वको शुक्रबार पहिलो दिन नहाय खाय विधि हुँदैछ । त्यस्तै शनिबार खरना विधि हुनेछ भने आइतबार मुख्य दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिईनेछ ।

प्रतिक्रिया

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

पोडकास्ट सुन्नुहोस