२०८३ कार्तिक २५ गते, बुधबार २०:५६

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा सबै द्विपक्षीय विषयमा छलफल हुने

काठमाडौं–

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका सबै महत्त्वपूर्ण पक्षहरूमा गहन छलफल हुने भएको छ। भारतीय विदेश मन्त्रालयले भ्रमणको तयारी भइरहेको र दुई देशका आपसी हितका सम्पूर्ण विषय वार्ताको कार्यसूचीमा रहने जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पठाइसकिएको र भ्रमणको मिति तथा अन्य तयारीबारे दुवै देशबीच छलफल जारी रहेको जानकारी दिएका छन्।

प्रवक्ता जैसवालका अनुसार नेपाल र भारतबीचको सम्बन्ध विस्तृत साझेदारी तथा विशेष सम्बन्धमा आधारित रहेकाले भ्रमणका क्रममा द्विपक्षीय हितका विविध विषयहरूलाई समेटिनेछ।

यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीले नोभेम्बर ४ र ५ मा नेपालको दुईदिने भ्रमण गरेका थिए। सो भ्रमणका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाह लगायत नेपालका प्रमुख मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीहरूसँग भेटघाट गर्दै आसन्न भारत भ्रमणका विषयमा प्रारम्भिक छलफल गरेका थिए।

प्रधानमन्त्री शाहको यो भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पार्टीको आधिकारिकता विवादमा १८ करोडको आर्थिक चलखेल भयो, निष्पक्ष छानबिन हुनुपर्छ: पूर्वप्रधानमन्त्री देउवा

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको

पार्टीको आधिकारिकता विवादमा १८ करोडको आर्थिक चलखेल भयो, निष्पक्ष छानबिन हुनुपर्छ: पूर्वप्रधानमन्त्री देउवा

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको

पोडकास्ट सुन्नुहोस